वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी छलफल
न्यूज़ डेस्क नवलपरासी..(जीतेन्द्र गुप्ता की रिपोर्ट)
नवलपरासी/नेपाल |
नवलपरासी पश्चिम नवलपरासीको दक्षिण क्षेत्रमा बर्षोनि हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी संघीय सांसद विनोद चौधरीले जनसमुदाय माझ पुगेर छलफल अघि बढाउनुभएको हो । आज सांसद चौधरी पश्चिम नवलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न. ६ रामपुरखडैना पुगेर त्यहांका जनता संग छलफल गरी यस क्षेत्रमा बर्षोनी हुदै आएको वाढी तथा ढुवानको दिर्घकालीन समस्या समाधानका लागी छलफल गर्नुभएको हो । पश्चिम नवलपरासीको सरावल गाउंपालिका अन्तर्गत वडा न. ४ , ५ ६ र ७ यसैगरी प्रतापपुर र पाल्हीनन्दन गाउंपालिकाको विभिन्न वडाहरुमा बर्षौनि डुवानको समस्या रहदै आएको छ । बिशेष गरी बर्षातको समयमा जिल्लामा रहेको झरही खोलामा तिब्र गतीमा पानी आउदा धनेवा नदीको पानी रोकिन पुग्दा यस क्षेत्रका डुवान तथा बाढीको समस्याका कारण बर्षोनी यस क्षेत्रमा करिव एक हजार दुई सय विगाहा क्षेत्रफलमा लगायतको धान वालीमा नोक्सानी हुदै आएको छ । जनता माझं पुगेर सांसद चौधरीले आफुले यस क्षेत्रको बाढी तथा डुवानको दिर्घकालीन समस्या समाधान गर्न प्रदेश तथा संघीय सरकार साथै अन्य निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही अवसरमा प्रदेश सभा सदस्य सन्तु कलवारले यस क्षेत्रको बाढी तथा डुवानको समस्या समाधान गर्न आफु समेत प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
Breaking News:
- भिटौली में सड़क हादसा: तेज रफ्तार पिकअप की टक्कर से बाइक सवार युवक गंभीर रूप से घायल
- ठूठीबारी आयुर्वेद चिकित्सालय में अव्यवस्था चरम पर: योग प्रशिक्षक गायब, दवाओं का टोटा
- भारत-नेपाल सीमा पर बरामद हुई संदिग्ध दवाओं की खेप, तस्करी की आशंका
- ठूठीबारी के विभिन्न मंदिरों में हरिकीर्तन के लिए समाजसेवियों ने किए लाउडस्पीकर दान, श्रद्धालुओं को मिलेगी बेहतर सुविधा
- श्रद्धा और उल्लास के साथ शुरू हुआ श्रावण मेला : मिनी बाबा धाम पंचमुखी इटहिया में उमड़ा भक्तों का सैलाब
- खेती के सीजन में खाद की किल्लत, साधन सहकारी समिति पर उर्वरक के लिए उमड़ी किसानों की भीड़
- नेपाल में भारी बारिश से ठूठीबारी क्षेत्र में बाढ़ का खतरा, चंदन और झरही नदियां उफान पर
- अमहवा गांव में जलमग्न सड़कों से बढ़ी ग्रामीणों की मुश्किलें