एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीद्वारा हस्ताक्षर संकलन अभियान कार्यक्रम सुरु गरिएको छ
न्यूज़ डेस्क नवलपरासी..(उमेश बि.क की रिपोर्ट)
नवलपरासी/नेपाल |
एम्नेष्टी ईन्टरनेशनलले बिश्वमा भएका मानव अधिकार उललङ्घनका घटनालाई समेटेर प्रतिबेदन सार्वजनिक गरेपछि नेपालमा पनि यस्ता घटनाहरुलाई निरुत्साहित गर्ने उदेश्यले “राईट्स फर राईट्स २०२२”अन्तर्गत रहेर कार्यक्रम गरीएको आयोजकले जनाएको छ । आज संकलित हस्ताक्षर प्रधानमन्त्री कार्यलयमा बुझाउने र सरकारलाई यस्ता मानव अधिकार उल्लङ्घनका घटनाप्रति ध्यानाकर्षण गराउन र मानवअधिकारकाे हकहितका लागि हस्ताक्षर अभियान सुरु गरिएको थियाे। हस्ताक्षर संकलन अभियान अन्तर्गत नवलपरासीको पवन मा. बि परासीमा साेमबार हस्ताक्षर संकलन कार्यक्रम गरिएको हाे। एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीकाे अायाेजनामा समूहका अध्यक्ष सद्दाम हुसेन अन्सारीको अध्यक्षता तथा पवन मा. बि का प्र.अ अरबिन्द पाठककाे प्रमुख अातिथ्यतामा अाज कार्यक्रम गरिएको हाे।
कार्यक्रमलाई सम्बाेधन गर्दै पवन मा. बि का प्र.अ पाठकले एम्नेष्टी इन्टरनेसनल समूह ३१ ले मानव अधिकारकाे हकहितकाे लागि काम गर्दै अाइरहेकाे संस्था भएको हुनाले यश संस्थाले गरेको कार्यकाे प्रशंसा ब्यक्त गर्दै हामी सबै मानव भइसके पछि मानव अधिकारका लागि लाग्नुपर्ने कुरामा जाेड दिनुभएको थियाे।
हस्ताक्षर संकलन अभियानकाे बिषयवस्तुबारे एम्नेष्टी इन्टरनेसनल समूह ३१ का अध्यक्ष सद्दाम हुसेन अन्सारी र सदस्य दिपेश शर्माले् प्रकास पार्नु भएको हाे। कार्यक्रममा ६०० जनकाे हस्ताक्षर संकलन गरिएको संस्थाका सचिव उमेश कुमार बि.कले जानकारी दिनुभएको छ।