अध्यक्षको सबै सुविधाको रकम उनी वार्डका जेष्ठनागरिक तथा महिला विपन्नलाई तिर्थ यात्रा गराउने,श्रीमदभागवन कथा सुनाउनेमा खर्च गर्दै आएका छन्
न्यूज़ डेस्क नवलपरासी….(एडिटर अरुण वर्मा की रिपोर्ट)
नवलपरासी/नेपाल |
जिल्लाको रामग्राम नगरपालिकाका एक यस्ता वार्ड अध्यक्ष जस्ले आफ्नो मासिक सुबिधालाई वार्डबासीको तिर्थयात्रा गराउदै धार्मिक काममा लगाउदै आएका छन् । विभिन्न वार्डका वार्ड अध्यक्षहरु अ आफ्नो पदको दुरुपयोग गर्ने,अत्याधिक सेवासुविधानको दौडमा लाग्ने गरे पनि रामग्राम नगरपालिका वार्ड नं.८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर विगत ६ बर्ष देखी निरन्तर मासिक पाउने सुविधालाई धार्मिक कार्यमा उपयोग गर्दै आएका हुन् ।
उनी पहिलो कार्यकालको पाँच बर्षको र अहिले दोश्रो कार्यकालको पहिलो बर्षको पनि सुविधान यस्तै कार्यमा खर्चने गरेको सुनाए । नगरपालिकाबाट आउने वार्ड अध्यक्षको सबै सुविधाको रकम उनी वार्डका जेष्ठनागरिक तथा महिला विपन्नलाई तिर्थ यात्रा गराउने,श्रीमदभागवन कथा सुनाउनेमा खर्च गर्दै आएका छन् । कुनै कुनै गरिब विपन्न परिवारका छोरी चेलीको विवाहमा समेच सहयोग त्यसै रकमबाट गर्ने गरेको उनले बताए । हालसम्म ५ सय भन्दा बढि जेष्ठनागरिक महिला,बिपन्नलाई धार्मिक तिर्थ यात्रा गराइएको छ,उनले भने, त्यस मध्ये ५० जोडीले तिर्थयात्रा गरेर फर्के पछि श्रीमदभागवत कथा सुन्ने इच्छा गरे पश्चात त्यो पनि सुनाउने कार्य गरिएको छ ।
आफ्नो दैनिकीका लागि आफ्नै ब्यवसाय छ,उनले भने,जनताले नै जिताएर मलाई वार्ड अध्यक्ष बनाएका छन् । जेष्ठनागरिक,विपन्न परिवार,एकल महिलाहरुको पनि मलाई आसिर्वाद छ । एक पहिलो पटक चुनाव जिताए,मैले चुनाव जितेर वार्ड अध्यक्षको भुमिका निर्वाह गर्दै आएको छु । सेवा गर्ने मौका पाए,सेवा गर्दै आएको छु, र आफ्नो ब्यवसाय पनि,उनले थपे,तर सेवा गर्दा सरकारले सुविधा दिदै आएको छ । सुविधाका लागि मैले चुनाव लडेको पनि होईन्,वार्डमा सेवा गर्ने अवसर गाउलेले दिएका हुन् । त्यो भएर पनि सरकारी सुविधाको रकम आफुले तिनै गाउका जेष्ठनागरिक,बिपन्न परिवारको चाहनामा लगाइदिएको छु । गाउलेको पुरै सहयोग हुन्छ । उनीहरुकै आसिर्वादले पुनः मलाई वार्ड अध्यक्षमा जिताईदिएका छन् । यो कार्यकाल पनि मैले पाउने सुविधा तिनैमा खर्च हुन्छ ।
विकास निर्माणका लागि नगरपालिकाबाट पाउने बजेट कार्यक्रमले सार्वजनिक विकास भई नै रहन्छ,त्यो रकम ब्यतिmगत रुपमा खर्च गर्न पनि भएन,उनले भने,यस्तो कार्यले गाउमा एकता पनि कायम गरेको छ,सो एकताले विकासलाई सहज बनाएको छ । गाउमा देखिएको एकताले प्रदेश सरकार तथा साँसद विकास कोषको रकम पनि विकासका लागि आउन थालेकोछ । विकासलाई समेत सहज बनाएको छ । कुनै समस्या पर्दा गाउले सबै जुटिहाल्छन्,वार्डअध्यक्ष ठाकुर भन्छन्,जनताको सेवा गर्न पाउनु मेरो सौभाग्य हो । नेपाली काँग्रेसबाट बिजयी भएका वार्ड अध्यक्ष ठाकुरले भने,अगामी दिनमा पार्टीले टिकट दियो भने,मेयरमा चुनाव लड्ने इच्छा छ,जुन मैले वार्ड स्तरमा काम गरे त्यो नगर भरीलाई विस्तार गर्ने सोच छ,तर त्यो भविष्यको कुरा हो,उनले भने,वार्ड अध्यक्ष पदको चुनाव जित्नु भन्दा बढि खुशी जब गाउले तिर्थ यात्रा गरि मुस्कान सहित फर्कन्छन,र मप्रति आभार ब्यक्त गर्छन त्यो बेलाको आनन्द चुनाव जित्नु भन्दा फरक अनुभति हुन्छ ।
आफु ब्यवसायी भएको हुदा लामो समय तिर्थ यात्रामा जान गाहे छ,तर ति फुर्सतमा भएका,तिर्थ इच्छा भएका ब्यतिmलाई तिर्थयात्रा गराईदिदा आफु नै तिर्थ यात्रामा गए जस्तो महशुस हुन्छ । त्यसमा आफुले निरन्तर साधुबाद दिदै ति तिर्थयात्रीसँग सरिक भएको महशुस हुन्छ । त्यस्ता धार्मिक कार्यमा ३० लाख भन्दा सहयोग गरिसकिएको अनुमान उनले सुनाए । यो कार्य आफु पदासिन हुदासम्म निरन्तर चल्ने प्रतिवद्धता पनि जनाएका थिए ।
Breaking News:
- महराजगंज में प्रेम की अनोखी मिसाल: प्रेमिका की मौत के बाद शव से की शादी, सुहागन के रूप में उठी अर्थी
- बागापार चौकी प्रभारी निलंबित: कोर्ट मैरिज मामले में कानून की अनदेखी, जातिगत टिप्पणी और संवेदनहीनता पर कार्रवाई
- आत्मनिर्भरता की ओर बढ़ता मधवलिया गोसदन, गोकाष्ठ-वर्मी कंपोस्ट से आय, सोलर प्लांट व बांस रोपण की तैयारी
- करुणाकर अदीब हटाए गए, भोलानाथ कन्नौजिया बने नए डीडीओ
- मृत घोषित किशोरी बिहार में जीवित मिली: महराजगंज पुलिस की लापरवाही उजागर, मानवाधिकार आयोग ने थानेदार व सीओ पर कसा शिकंजा
- ठूठीबारी में श्याम महोत्सव ने जगाई भक्ति की ज्योति, दीपिका मिश्रा के भजनों ने बांधा समां
- आनंदनगर के डॉ. मार्कण्डेय लोक चिकित्सालय में भारी अनियमितताएं उजागर, पंजीकरण निलंबित और ओटी सील
- करोड़ों खर्च के बाद भी नहीं बुझी प्यास: भारत-नेपाल सीमा पर ठूठीबारी में ‘जल जीवन मिशन’ हुआ फेल