नवलपरासी विभिन्न तिन स्थानमा आयोजना निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन्
न्यूज़ डेस्क नवलपरासी …(जीतेन्द्र गुप्ता की रिपोर्ट)
नवलपरासी/नेपाल |
चौधरी फाउन्डेसनले महिला समुदायलाई लक्षीत गरेको पश्चिम नवलपरासी विभिन्न तिन स्थानमा आयोजना निशुल्क पाठेघर स्वास्थ्य परिक्षण शिविरबाट करिव ६ सय महिलालाई उपचार सेवा लिएका छन् ।
चौधरी फाउन्डेसनको प्राविधीक सहयोग तथा चेतना महिला कृषि सहकारी संस्था लिमिटेडको सहजीकरणमा जिल्लाको ग्रामीण क्षेत्र मध्ये सुस्ता ५ पक्लीहवा , बर्दघाट बजारको महिलाहरुको पाठेघर प्याबपरिक्षण अन्तर्गत महिलाहरु प्रजनन अंगमा क्यान्सर छ छैन परिक्षण गरिएको हो ।यस वारे बिशेष गरी ग्रामीण क्षेत्रका महिलाहरु उपचार सेवाबाट लाभाम्वीत भएको फाउण्डेसनका सचिव सारिका चौधरीले जानकारी दिनुभयो । चौधरी फाउन्डेसनको प्राबिधिक सहयोगमा भएको उक्त कार्यक्रममा तिन स्थानमा गरी कुल ६ सय जना महिलाहरुले उपचार गराउनु भयो , उपचार गराएका महिलाहरु मध्ये ५० जना महिलाहरु को रिपोर्ट पोजेटिभआएको र उक्त रिपोर्ट काठमाडौँ को ल्याबमा अन्तिम परिक्षण गरेपछीक्यानसर भएको र नभएको पूर्ण रुपमा थाहा हुने टिम लिडर डाक्टर प्रविश पौडेलले बताउनुभयो ।
सुस्ता गाउँपालिकाका वडान ५ का वडा अध्यक्ष प्रभूनारायण यादबले उपचार देखि टाढा रहेका अति बिपन्न खाले महिलाले हरुले यस्तो खाले परिक्षण गर्न पाएकोमा खुसि जनाउदै चौधरी फाउन्डेसन ले आगामी दिनमा पनि सामाजिक कार्यमा अझ बढी सहयोग गर्नेमा विश्वास लिएको बताउनुभयो ।
चेतना महिला कृषि सहकारी संस्था लिमिटेड कि अध्यक्ष कमला पराजुली का अनुसार चौधरी फाउन्डेसनले यसरी नया खाले उपचार बिधिबाट स्थानिय महिलाहरुलाई लक्षित कार्यक्रम ल्याएकोमा धन्यबाद दिंदै आफु एस्तो सामाजिक कार्यमा जोडिन पाएकोमा खुसि जनाउदै आगामी दिनहरुमा पनि यस्ता खाले कार्यक्रम हरु फाउन्डेसन ल्याउने छ भन्नेमा बिस्वास्त रहेको जनाउनु भयोबर्दघाट ४ मा रहेको सम्मुनत महिलामंच नेपाल कि अध्यक्ष दिल कुमारी कुँवरले पनि यस्ताखाले परीक्षण फेरीफेरी पनि चौधरी फाउन्डेसनले गर्ने आशा राख्नु भयो । कुँवरले महिलाहरुको पाठेघर प्याबपरिक्षण मा सहभागी भएका महिलाहरु हिजो आज महिलाहरु विभिन्न् खालेक्यान्सर बाटपीडित भएको आबस्थामा आफ्नो स्वास्थ्य कस्तोछ भनेर आफनैघर आगन मा परिक्षण गराउनपाएकोमा खुसि ब्यक्त गर्दै चौधरी फाउन्देशन र स्थानीय सहयोगी संस्था लाई धन्यबाद दिनु भयो ।
पछिल्लो समय देखी चौधरी फाउण्डेसन नवलपरासीका विभिन्न सामाजीक कार्यमा संलग्नता देखाउदै आएको छ । यस अगाबै चौधरी फाउन्डेसनले केहि दिन देखिमात्र बर्दघाट नगरपालिकावडा नम्बर २ को सुखौरामा रहेको प्रगतिशिलआमा समुहलाइ सिलाइ बुनाई मेशिन दिएर स्थानीय महिलाहरुलाई सिलाइ बुनाइ तालिम दिएको थियो ।
Breaking News:
- इंडो-नेपाल सीमा पर योगी सरकार का एक्शन जारी, सैकड़ों अवैध कब्जे हटाए गए
- सेवतरी गांव में बिजली संकट का समाधान: केंद्रीय मंत्री पंकज चौधरी की पहल पर लगा 250 केवीए ट्रांसफार्मर
- वाह रे स्वास्थ्य महकमा ..सीएमओ के निर्देश को दिखा रहे ठेंगा
- खबर का असर: आरओ तो लग गया, पर पानी अब भी नदारद – ठूठीबारी सीएचसी में राहत अधूरी
- ठूठीबारी में विश्व पृथ्वी दिवस पर सामूहिक पौधारोपण, ग्रामीणों ने लिया पर्यावरण सुरक्षा का संकल्प
- ठूठीबारी सीएचसी की बदहाली: आखिर कैसे बुझेगी सूखे गले की प्यास…?
- प्रशासनिक ढिलाई या जवाबदेही से भागना? निचलौल ब्लॉक से RTI के ज़रिए सूचना पाना हो गया नामुमकिन!
- सुप्रसिद्ध यूट्यूबर के यहां चोरी का प्रयास, CCTV में कैद हुई घटना